
उच्चस्तरीय समन्वय समितिले कोरोना भाइरस नियन्त्रणका लागि लकडाउन लम्ब्याउन सरकारलाई सिफारिस गरेको छ ।
पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या बढ्दै गएको र दुई जनाको यहि भाइरसको संक्रमणको कारण मृत्यु नै पुष्टि भएपछि संयन्त्रले लकडाउनलाई लम्ब्याउनुपर्ने निष्कर्ष निकालेर सरकारलाई सिफारिस गरेको हो।
प्रदेश तथा पालिकाहरुमा रहेको क्वारेन्टाइनमा मापदण्ड व्यवस्थित गर्ने, सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउने, स्वास्थ्यकर्मीको स्वास्थ्य क्षेत्रमा क्रियाशिल व्यक्तिहरुको मनोबल उच्च बनाउनका लागि गृह प्रशासनले कडीकडाउ साथ काम अघि बढाउने, आपूर्ति ब्यवस्थालाई सुचारु राख्ने, अत्यावश्यक सामाग्रीको कमी हुनै नदिने गरि निरन्तरता दिने निर्णय पनि समितिको बैठकले गरेको छ।
आजैको मन्त्रिपरिषद् बैठकले यस बारेमा औपचारिक निर्णय गर्नेछ ।
चैत ११ गते जारी रहेको लकडाउनको समयावधि पछिल्लो पटक थपेको म्याद पनि भोलि सोमबार जेठ ५ सकिँदैछ।
लकडाउनको मोडालिटी परिवर्तन गर्न अनौपचारिक छलफल भएपनि पछिल्लो घटनाक्रम र संक्रमणको अवस्थाले लकडाउनको स्वरुप परिवर्तन हुने सम्भावना घटेको छ।










प्रतिक्रिया