भारतद्वारा अतिक्रमित भूमि समेटेर भूमि व्यवस्था मन्त्रालयले तयार पारेको नेपालको नयाँ नक्सालाई मन्त्रिपरिषद्ले स्विकृत गरेको छ ।
आइतबारको मन्त्रिपरिषद्मा भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले प्रस्तुत गरेको नक्सा सोमबारको मन्त्रिपरिषद्ले पारित गरेको कृषिमन्त्री घनश्याम भुसालले बताए ।
‘कालपानी, लिपुलेक र लिम्यिाधुरा समेटेर नयाँ नक्सा पारित भएको छ,’ भुसालले भने, ‘संविधान कानून जहाँ–जहाँ आवश्यक पर्छ, संसोधन गरिन्छ ।’
नयाँ नक्सामा भारतले अतिक्रमण गरेका नेपालका लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समावेश गरिएको छ ।
प्रतिक्रिया