अमेरिकी आर्थिक वृद्धिमा गत अप्रिलमा गरिएको प्रक्षेपणको तुलनामा सामान्य सुधार देखिएको अन्तर्राष्ट्रिय मुद्रा कोषले बिहीबार जनाएको छ ।
यद्यपि यो चीन–अमेरिका व्यापार विवादका कारण अमेरिकी अर्थतनत्रमा पर्नसक्ने समग्र प्रभाव तथा ‘निर्माण सामग्री’ को अभावका कारण छायाँमा पर्नसक्ने मुद्रा कोषले बताएको छ ।
मुद्रा कोषले सन् २०१९ का लागि अमेरिकाको कुल ग्राहस्थ उत्पादनका लागि गरेको पक्षेपणमा केही सुधार देखिएको र २.६ प्रतिशत पुग्ने बताइएको छ । अर्थात् अप्रिलमा गरिएको अनुमानको तुलनामा तीन दशांश वृद्धि भएको छ ।
तर मुद्रा कोषल अमेरिकी अर्थतन्त्रको बार्षिक मुल्याङ्कन गर्दै आगामी सन् २०२० का लागि अमेरिकी आर्थिक वृद्धिमा सामान्य गिरावट आई दुई प्रतिशतमा झर्नसक्ने अनुमान गरेको छ ।
मुद्रा कोषका अनुसार अमेरिकी ऋणको अनुपात बढ्दो रहने र वृद्धिदरमा असमानता देखिने चेतावनी दिएको छ । मुद्रा कोषले अमेरिका लगायत विश्व अर्थतन्त्रमा देखिएको प्रभावलाई मध्यनजर गर्दै चीन–अमेरिका व्यापार विवादलाई समयमै समाधान गर्नसमेत भनेको छ ।
प्रतिक्रिया