काठमाडौं उपत्यकामा ५ सहित थप २७ जनामा कोरोना संक्रमण, संक्रमतिको संख्या ४०२ पुग्यो

0
Shares

नेपालमा थप २७ जनामा कोरोना संक्रमण देखिएको छ । मंगलबार थपिएकामा २४ जना पुरुष र ३ जना महिला रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

जसमा काठमाडौं उपत्यकामा ५ जना थपिएका छन् । काठमाडौंमा ३, ललितपुर र भक्तपुरमा १/१ जना रहेका छन् ।

हालसम्म संक्रमतिको संख्या ४०२ पुगेको छ । जसमध्ये पुरुष ३४० जना र महिला ६२ जना रहेका छन्। प्रदेशगत रुपमा प्रदेश नम्बर १ मा ५४ जना, २ मा १३६ जना, वाग्मती प्रदेशमा २७ जना, गण्डकीमा ४ जना, प्रदेश ५ मा १७६ जना, कर्णालीमा १ जना र सुदूर पश्चिममा ५ जना गरि ४०२ जनामा संक्रमण भेटिएको हो।

सबै प्रदेशका कुल ३६ जिल्लामा सङ्क्रमित भेटिएका छन्। हालसम्म नेपालमा कोरोनाभाइरस सङ्क्रमणका कारण दुई जनाको मृत्यु भएको छ र ३७ जना सङ्क्रमित निको भएका छन्।

विगत २४ घण्टामा पीसीआर विधिबाट २,२८० वटा परीक्षण गरिएको छ र अहिलेसम्म उक्त विधिबाट ३२,६०४ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ।

अहिले देशका विभिन्न स्थानमा २१,६२३ जना क्वारन्टीनमा र ४५७ जना आइसोलेशनमा भएको मन्त्रालयले जनाएको छ।