नेपालमा १ लाख ७ हजार बढीमा कोरोना परीक्षण, एकैदिन ७ हजार ३०० बढी

0
Shares

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मुलुकभर हालसम्म रियल टाइम पोलिमरेज चेन रियाक्सन (पीसीआर) र र्यापिड डाइग्रोस्टिक टेस्ट (आरडीटी) प्रविधिबाट गरी कूल १ लाख ७ हजार २५३ व्यक्तिमा कोरोना भाइरस सङ्क्रमणको परीक्षण गरिएको जनाएको छ।

त्यसमध्ये पीसीआर प्रविधिबाट ३२ हजार ६०४ र आरडिटी प्रविधिबाट ७४ हजार ६४९ जनामा कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले गत २४ घण्टामा मुलुकभर ७ हजार ३६९ जनामा कोरोना परीक्षण गरिएको जानकारी दिए। जसमध्ये पीसीआरबाट २ हजार २८० र आरडिटीबाट ५ हजार ८९ वटा भएका हुन्।

हालसम्म आरडिटी प्रविधिबाट प्रदेश नं १ मा ९ हजार ४७२, प्रदेश नं २ मा ९ हजार २१६, वाग्मती प्रदेशमा १३ हजार १९७, गण्डकी प्रदेशमा ६ हजार ९५७, प्रदेश नं ५ मा ९ हजार ३५३, कर्णाली प्रदेशमा ७ हजार ५९३ र सुदूरपश्चिम प्रदेशमा १८ हजार ८६० वटा आरडिटी विधिबाट कोरोना परीक्षण गरिएको छ।

मन्त्रालयले माघ १४ गतेदेखि पीसीआर प्रविधिबाट र चैत १९ देखि आरडिटी विधिबाट कोरोनाको नमुना परीक्षण थालेको थियो।

  • २१ हजार ६२३ जना क्वारेटाइनमा, ‘आइसोलेशन’ मा ४५७ जना

मुलुकभर हालसम्म २१ हजार ६२३ जना क्वारेटाइनमा रहेका छन् । जसमध्ये प्रदेश नम्बर एक मा १ हजार १७८ जना, प्रदेश नम्बर दुईमा ३ हजार ४८१ जना, वाग्मती प्रदेशमा ३३२ जना, गण्डकी प्रदेशमा ३५९ जना, प्रदेश नम्बर पाँचमा १३ हजार ६३८ जना, कर्णालीमा ६९९ र सुदूरपश्चिम प्रदेशमा १ हजार ९३६ जना व्यक्ति क्वारेन्टाइनमा रहेका छन्।

आइसोलेशनमा रहेका सम्भावित सङ्क्रमित तथा बिरामीको सङ्ख्या कूल ४५७ रहेको प्रवक्ता देवकोटाले जानकारी दिए। त्यसमध्ये काठमाडौँ उपत्यकामा १७ र उपत्यकाबाहिर ४४० जना आइसोलेशनमा रहेका छन् ।

जसमध्ये प्रदेश नं १ मा ४०, प्रदेश नं २ मा १३७, वाग्मती प्रदेशमा ७८ (१ मृत्यु सहित), गण्डकी प्रदेशमा २ जना, प्रदेश नं ५ मा १८८ जना (१ मृत्यु सहित), कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा ११ जना गरि कूल ४५७ जना रहेका छन्।

मन्त्रालयका दुई वटा कल सेन्टर १११५ र ११३३ मा गत २४ घण्टामा २३९ स्वास्थ्य जिज्ञासा सम्बन्धी कलहरु प्राप्त भएका र स्वास्थ्यकर्मी तथा चिकित्सकबाट त्यसको उत्तर दिइएको उनले बताए।

त्यसैगरी मन्त्रालयको वेभपेज र मोबाइल एप हाम्रो स्वास्थ्यमा हालसम्म ४४ हजार ८७ जनाले आफ्नो स्वास्थ्य स्थिति जाँच गराएका छन्। पछिल्लो २४ घण्टामा १ हजार ४७० जनाले आफ्नो स्वास्थ्य विवरण ‘इन्ट्री’ गराएका छन् भने त्यसबाट थप ७ जना सम्भावित संक्रमितको ‘रेडजोन’ मा परेका छन् । यससँगै रेड जोनम पर्नेरुको संख्या ४१२ पुगेको छ।

रेडजोेनमा परेका व्यक्ति भनेका सम्भावित सङ्क्रमित व्यक्ति हुन । जसलाई प्रदेशका स्वास्थ्य निकाय र मन्त्रालयको ईपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले टे«सिङको कार्य गरिरहेको उनले बताए।