विश्वभर ५० लाख मानिसमा कोरोना संक्रमण, ३ लाख २४ हजारले ज्यान गुमाए

0
Shares

विश्वभर करिब ५० लाख व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । गएको २४ घण्टामा मात्रै ९४ हजार ७५१ जना नयाँ संक्रमित थपिएपछि कूल संक्रमितको संख्या ४९ लाख ८२ हजार ८७५ पुगेको हो भने भाइरसका कारण तीन लाखभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

यो समाचार तयार पार्दासम्म विश्वभर तीन लाख २४ हजार ५३५ जनाले ज्यान गुमाएको वर्ल्डोमिटरको तथ्यांकले देखाएको छ ।

गएको २४ घण्टामा मात्रै चार हजार ५७० जनाले ज्यान गुमाएका छन् । त्यस्तै कूल संक्रमितमध्ये १९ लाख ५६ हजार ३६१ जनाको सफल उपचार भइसकेको छ भने २७ लाख एक हजार ९७९ जना उपचाररत छन् । त्योमध्ये पनि ४५ हजार ४४३ जनाको अवस्था भने चिन्ताजनक रहेको बताइएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार सबैभन्दा बढी कोरोनाको प्रकोप फैलिएको अमेरिकामा बुधबार बिहानसम्म १५ लाखभन्दा बढी व्यक्तिमा भाइरस संक्रमण देखिएको छ ।

गएको २४ घण्टामा मात्रै २० हजार २८९ जनामा नयाँ संक्रमित थपिएपछि १५ लाख ७० हजार ५८३ जनामा भाइरस संक्रमण देखिएको हो । त्यस्तै अहिलेसम्म अमेरिकामा ९३ हजारभन्दा बढी व्यक्तिले ज्यान गुमाएका छन् ।

स्वास्थ्य संगठनका अनुसार एकै दिनमा एक हजार ५५२ जनाको ज्यान गएपछि मृत्यु हुनेको संख्या ९३ हजार ५३३ पुगेको हो । त्यस्तै संक्रमितमध्ये तीन लाख ६१ हजार १८० जना डिस्चार्ज भइसकेका छन् भने ११ लाख १५ हजार ८७० जना उपचाररत छन् । त्योमध्ये पनि १७ हजार २४९ जनाको अवस्था गम्भीर देखिएको छ ।