कोरोना संक्रमण ३८ जिल्लामा फैलँदा कुन जिल्लामा कति पुगे संक्रमित ?

0
Shares

स्वास्थ्य तथा जनसख्या मन्त्रालयलका अनुसार नेपालमा जेठ ६ गते मंगलबारसम्म ३८ जिल्लामा ४०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमण फैलिएका ३८ जिल्लामध्ये बाँके र पर्सा सबैभन्दा जोखिममा रहेका छन्। यी दुईै जिल्लामाम क्रमश ९३ र ९१ जनामा संक्रमण पुष्टि भएको छ। यसैगरि कपिलवस्तुमा ४६ जना, उदयपुरमा ३३, रुपन्देही २८, रौतहट २२, झापा १२, काठमाण्डौंमा १० जनामा संक्रमण पुष्टि भएको हो।

यी बाहेक ३० जिल्लामा कोरोना संक्रमितको संख्या एकल अंकमा रहेको छ।

संक्रमित ४०२ जनामध्ये ३७ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हालसम्म २१ हजार ६२३ जना क्वारेन्टाइनमा बसेका छन्। जसमध्ये प्रदेश नम्बर ५ मा सबैभन्दा धेरै १३ हजार ६३८ जना रहेका छन्। ४५७ जना आइसोलेसनमा रहेकामध्ये प्रदेश ५ मा सबैभन्दा धेरै १७४ जना पुष्टि भएका र सम्भावित शंस्कास्पद १४ जना गरि कूल १८८ जना रहेका छन्।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर र आरडिटी विधिबाट १ लाख ७ हजार बढी नमुना परीक्षण गर्दा पीसीआर विधिबाट मात्रै ३३ हजार ६ जनामा परिक्षण भएको बताएको छ । जसमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा मात्रै १६ हजार २५७ वटा परीक्षण भएका छन्।