नेपालमा कूल ४०२ जनामा कोरोना संक्रमण पुष्टि हुँदा प्रदेश १ का १४ मध्ये ७ जिल्लामा ५९ जना कोरोना संक्रमित भएका छन ।
सात जिल्लामा कोरोना संक्रमण फैलदा संक्रमितको संख्या ५९ पुगेको छ । सबैभन्दा बढी उदयपुरमा ३३ जना संक्रमित छन् । त्यसपछि झापामा १२, धनकुटामा ६, मोरङमा ४, सुनसरीमा २, खोटाङ र भोजपुरमा १/१ जनामा संक्रमण पुष्टि भएको छ।
मंगलबार धनकुटामा अस्पतालकी एक स्वास्थ्यकर्मीको सम्पर्कमा आएका स्पतालमा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको परिवारका पाँच जनामा कोरोना पुष्टि भएको हो।
सर्वप्रथम बैशाख ५ गते उदयपुरको त्रियुगा नगरपालिका ३ स्थित भुल्केमा एकै पटक १२ जना जमातिमा देखिएको थियो। एक महिना अवधिमा थप ६ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।
हाल उदयपुर, झापा, भोजपुर, मोरङ, धनकुटा, खोटाङ र सुनसरीमा कोरोना संक्रमण फैलिएको छ । तराई मधेस बाहेक प्रदेश १ का पहाडका दुई जिल्ला धनकुटा र भोजपुरमा मात्रै कोरोना संक्रमण फैलिएको छ।
प्रदेश १ मा संक्रमण फैलिएका सबैजसो जिल्लामा भारतबाट नेपाल आएकाहरुमा संक्रमण पुष्टि भएको छ। काठमाडौबाट घर फर्किएका खोटाङका युवकमा पनि संक्रमण फैलिएको हो।
संक्रमित मध्ये बुधबार ८ सहित २५ जना कोरोना जितेर डिस्चार्ज भएका छन् ।
प्रतिक्रिया