नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या ४४४ पुगेको छ। विहीबार विहान थप १७ जनामा नयाँ संक्रमण नतिजा पोजेटिभ आएसँगै संक्रमितको संख्या बढेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिर कुमार अधिकारीका अनुसार १८ देखि ४६ वर्ष समूहका १६ जना पुरुष र ५१ वर्षिय एक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो।
उनका अनुसार झापा कचनवल वडा र्न ३, ६ र ८ का १५ जना पुरुष, धनकुटामा १ जना पुरुष र धरानकी ५१ वर्षिय एक महिलामा संक्रमण पुष्टि भएको हो।
हालसम्म कूल ४४४ जनामा संक्रमण पुष्टि भएको छ ।
प्रतिक्रिया