थप ३ जना कोरोना संक्रमित भेटिए, कुल संख्या ४५७ पुग्यो

0
Shares

नेपालमा थप तीन जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। बाँके र कपिलवस्तुमा थप ३ जना नयाँ कोरोना संक्रमित भेटिएका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भेरी अस्पताल, नेपालगञ्ज र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, रूपन्देहीमा गरिएको परीक्षण थप तीन जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार बाँके नरैनापुर- ३ निवासी ३२ वर्षे पुरुष, खजुरा -३ निवासी ४२ वर्षे महिला र कपिलवस्तु शुद्धोधन गाँउपालिकाका १९ वर्षे युवकमा कोरोना भेटिएको हो

 उनीहरुको अवस्था सामान्य रहेको बताइएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५७ पुगेको छ ।

नेपालमा कोरोना भाइरस संक्रमणका कारण हालसम्म ३ जनाले ज्यान गुमाइ सकेका छन् ।

 

प्रकाशित मिति: ८ जेठ २०७७, बिहीबार  २१ : ०२ बजे