थप ९ जना कोरोना संक्रमित डिस्चार्ज,नेपालमा निको हुनेको संख्या ७९ पुग्यो

0
Shares

नोबेल कोरोना भाइरस मुक्त भएका नौं जनालाई आज वीरगन्जको नारायणी अस्पतालबाट डिस्चार्ज गरिएको छ ।

चार पटक सम्मको पिसिआर रिर्पोटमा नेगेटिभ देखिएपछि अस्पतालमा उपचाररत रहेका एक भारतीय सहित नौ जनालाई डिस्चार्ज गरिएको हो ।

बैशाख १४ गते देखि २१ गतेभित्र अस्पताल भर्ना भएका रौतहट निवासी ३ जना, पर्सा निवासी ३ जना, बारा निवासी २ जना र एक जना भारतीयको रिर्पोट नेगेटिभ आएपछि डिस्र्चाज गरिएको नारायाणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदक उपाध्यायले जनाकारी दिए ।

उनले डिस्चार्ज भएका भारतीयलाई छपकैया निवासी एक व्यक्तिको घरमा र अन्य नेपालीहरुलाई आ(आफ्नै घरमा कोरेन्टाइन बस्ने सुझावसहित विदा गरिएको बताए।

वीरगन्जको नारयाणी र गण्डक अस्पतालको आईसोलेसन वाडमा अब ८७ जना संक्रमित रहेका छन् । नारायणीमा ६२ र गण्डक अस्पतालको आइसोलेसनमा २५ जना रहेको चिकित्सकहरुले बताएका छन् ।

यससँगै नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या ७९ जना पुगेको छ।

नेपालमा हालसम्म ५८४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने ३ जनाको मृत्यु समेत भएको छ।

प्रकाशित मिति: १० जेठ २०७७, शनिबार  १९ : ५६ बजे