मुक्तिनाथ विकास बैंकले ६१ करोडको हकप्रद बिक्री गर्ने

0
Shares

मुक्तिनाथ विकास बैंकले ६१ करोड ३० लाख रुपैयाँ बराबरको हकप्रद शेयर बिक्री गर्ने भएको छ । बैंकले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत हकप्रद शेयर बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।

बैंकले दश बराबर दुई कित्ताको अनुपातमा ६१ करोड २९ लाख ५२ हजार २५ रुपैयाँ बराबरको ६१ लाख २९ हजार ५२० कित्ता हकप्रद शेयर बिक्री गर्न लागेको हो ।

बैंकले भिबोर क्यापिटलाई बिक्री प्रबन्धक चयन गरिसकेको छ । धितोपत्र बोर्डको स्वीकृति पश्चात बैंकको हकप्रद शेयर बिक्रीमा आउनेछ ।

बैंकको गत मंसिर २९ गते पोखरामा सम्पन्न १२ औं बार्षिक साधारण सभा ले हकप्रद बिक्रीको प्रस्ताव पारित गरेको थियो ।

हाल बैंकको चुक्ता पूँजी ३ अर्व ६ करोड ४७ लाख ६० हजार रुपैयाँ छ । २० प्रतिशत हकप्रदपछि ३ अर्ब ६७ करोड ७७ लाख १२ हजार रुपैयाँ पुग्नेछ ।