नेपाल पुनर्बीमा कम्पनीले लगानीकर्ताको खातामा पठायो आईपीओ, बजार खुल्नासाथ कारोबारमा आउने

0
Shares

नेपाल पुनर्बीमा कम्पनीले सीडीएस क्लियरिङ लिमिटेड (सीडीएस) मार्फत आईपीओमा लगानी गरेका लगानीकर्ताको डिम्याट खातमा १ करोड ६० लाख कित्ता शेयर पठाएको छ।

कम्पनीले गत चैत ४ गतेदेखि ७ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १ करोड ६० लाख कित्ता आइपीओ जारी गरेर चैत २६ गते बुधबार बाँडफाँड गरेको थियो। जसमध्ये ७३ हजार ५ सय कित्ता शेयर कर्मचारीहरुलाई र ८ लाख कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी १ करोड ५१ लाख २६ हजार ५ सय कित्ता सर्वसाधरणलाई बिक्री गरिएको थियो ।

लकडाउन कै बिचमा बाँडफाँड गरिएको शेयर २७ हजार ७ सय ४८ जनाले १० कित्ता, १५ हजार ५ सय ९० जनाले २० कित्ता, १२ हजार ७ सय २३ जनाले ३० कित्ता र २० हजार ९ सय २९ जनाले ४० कित्ता पाएका थिए ।

५० देखि १० हजार कित्तासम्मको लागि आवेदन दिने ३ लाख १३ हजार ६ सय ४८ जनाले पनि ४० कित्ता शेयर पाएका थिए । सोहीमध्येबाट गोलाप्रथा मार्फत ७७ हजार २ सय ४५ जनाले थप १० कित्ता शेयर पाएका थिए । ७७ हजार २ सय ४५ जनाले अधिकतम ५० कित्ता शेयर पाएकोमा पुनर्बीमा कम्पनीको शेयर पाउने कुल शेयरधनीको संख्या ३ लाख ९० हजार ६३८ छ ।

यहि जेठ ११ गते सीडीएस क्लियरिङ लिमिटेड (सीडीएस)मा कम्पनीले आफ्नो चुक्ता पूँजी बजारको १० करोड कित्ता शेयर सीडीएसमा कारोबार हुन सक्ने गरी अभौतिकीकरण गराएको थियो ।

यससँगै लगानीकर्ताले हाल बन्द रहेको धितोपत्रको दोस्रो बजारमा कारोबार खुल्नासाथ उक्त शेयर खरीद बिक्री गर्न सक्नेछन्।