सिटी एक्सप्रेस र युकेको ग्वाभापेबीच रेमिटान्स कारोबार शुरु

0
Shares

सिटी एक्सप्रेस मनी ट्रान्सफर र युकेको रेमिटान्स कम्पनी ग्वाभापेबीच रेमिटान्स कारोबार शुरु भएको छ ।

जससम्बन्धी सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र ग्वाभापेको तर्फबाट निर्देशक तथा सेयरधनी ओरखान नासीबोभले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

यससँगै, युकेमात्र नभई टर्की, बाँकु, एस्टोनिया, रिगा र सेन्ट् पिटर्स्बर्गस्थित उपभोक्ताहरुले गुवाभापेको सेवा प्रयोग गरि सिटी एक्सप्रेस मार्फत अब सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् ।

साथै, नेपालमा सिटी एक्सप्रेससँग आवद्ध ७ हजार ५ सयभन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने या कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिने छ ।

सिटी एक्सप्रेसले विगत १३ वर्ष देखि कोरिया, जापान, कतार, साउदी, कुवेत, मलेसिया, अष्ट्रेलिया आदि थुप्रै देशहरु मार्फत विप्रेषण सेवा प्रदान गर्दै आईरहेको छ ।