कोरोनाबाट विश्वभर ३ लाख ७७ हजारको मृत्यु, ६३ लाख ७४ हजार संक्रमित

0
Shares

महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट विश्वभर तीन लाख ७७ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

एएफपीको गणना अनुसार विश्वभर ६३ लाख ७४ हजार मानिस कोरोनाभाइरसबाट संक्रमित छन् । जसमा युरोपमा मात्र एक लाख ७९ हजारको मृत्यु भएको छ भने २१ लाख ६७ हजार व्यक्ति संक्रमित भएका छन् ।

संयुक्तराज्य अमेरिकामा एक लाख ६ हजार ९२७ जनाको मृत्यु भएको छ भने दोस्रो स्थानमा बेलायतमा ३९ हजार ५१ जना, इटालीमा ३३ हजार ४७५ जना, ब्राजिलमा ३० हजार ४६ जना तथा फ्रान्समा २८ हजार ८३३ जनाको ज्यान गएको छ ।

प्रकाशित मिति: २० जेष्ठ २०७७, मंगलबार  १३ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।