सरकारले लकडाउनकै बीचमा नै जेठ २५ गतेभित्र कर तथा कर विवरण बुझाउन निर्देशन दिएपछि करदातालाई कर कार्यालयसम्म पुगेर कर तिर्न समस्या देखिएको छ।
करदातालाई कर कार्यालयसम्म पुगेर कर तिर्न समस्या हुने करदातालाई आन्तरिक राजस्व विभागले सहजीकरण गर्ने भएको छ।
विभागका महानिर्देशक विनोद बहादुर कुँवरले करदातालाई सम्भव भएसम्म अनलाइन माध्यमबाटै कर तिर्न आग्रह गर्दै अनलाइनबाट कर तिर्न नसक्ने र कर कार्यालयबाटै कर बुझाउनुपर्ने भएमा विभागले स्थानीय प्रशासनसँग समन्वय गरेर कर कार्यालयसम्म पुग्न सहजीकरण गरिदिने बताए।
विभागले यसअघि समय थप्दै आएको भएपनि अब नथप्ने जनाइसकेको छ। विभागले एक सूचना जारी गर्दै जेठ २५ गतेसम्ममा कर तथा कर विवरण नबुझाएमा शुल्क, थप दस्तुर, ब्याज तथा जरिवाना तिर्नुपर्ने जनाएको छ।
विभागले फागुन र चैत्रको भ्याट, सोहि अवधिको अन्तस्शुल्क, आयकर, शिक्षा सेवा शुल्क, टेलिफोन स्वामित्व शुल्क, दुरसंचार सेवा दस्तुर जेठ २५ गतेभित्र बुझाउन आग्रह गरेको छ ।
प्रतिक्रिया