लकडाउनकै बीचमा बुधबारदेखि व्यापार-व्यवसाय सञ्‍चालन गर्ने निर्णय

0
Shares

सुदूरपश्चिमको प्रमुख व्यापारिक सहर धनगढीका उद्योग व्यवसायीले बुधबारदेखि व्यापार/व्यवसाय सञ्‍चालन गर्ने भएका छन् ।

मंगलबार कैलाली उद्योग वाणिज्य संघमा भेला भएर उनीहरुले बुधबारदेखि व्यवसाय खोल्ने निर्णय गरेका हुन् ।

यस बारेमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाइएको कैलाली उद्योग वाणिज्य संघले जनाएको छ । संघले व्यवसाय सञ्चालनमा प्रशासनले सहजीकरण गरी सहयोग गर्न अनुरोध गरेको छ।