सिद्धार्थ इन्स्योरेन्सको १५.४८ प्रतिशत बोनस सुरक्षित गर्ने आज अन्तिम दिन

0
Shares

सिद्धार्थ इन्स्योरेन्सले घोषणा गरेकोे १५.४८ प्रतिशत बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन हो । कम्पनली असार १३ गते बोलाएको साधारण सभाका लागि जेठ ३० गते बिहीबारदेखि बुक क्लोज गर्दैछ ।

इन्स्योरेन्सले प्रस्ताव गरेको लाभांश पाउन र साधारणसभामा भाग लिन बुधबारसम्म शेयरधनी बनीसक्नुपर्नेछ । बुक क्जोज भन्दा अघिल्लो दिनसम्म कायम शेयरधनीले मात्र लाभांश पाउने गर्छन् ।

साधारणसभाबाट प्रस्तावित लाभांश पारित भएपछि सिद्धार्थले बोनस बापत १३ करोड ४० लाख ८१ हजार ६५० रुपैयाँ वितरण गर्नेछ । बोनसमा लाग्ने कर भने लगानीकर्ता आफैले तिर्नपर्नेछ ।

हाल यस इन्स्योरेन्सको चुक्ता पूँजी ८६ करोड ५९ लाख १८ हजार रुपैयाँ छ । प्रस्तावित बोनस वितरणपछि पूँजी एक अर्ब रुपैयाँ पुग्नेछ ।