नयाँ नेपाल लघुवित्तले डाक्यो विशेष साधारण सभा, मर्जर प्रस्ताव पारित गर्दै

0
Shares

नयाँ नेपाल लघुवित्त वित्तीय संस्था (NNLB) ले असार ८ गते विशेष साधारण सभा आह्वान गरेको छ ।

सारथी लघुवित्तसँग मर्जरमा जाने विशेष प्रस्ताव पारित गर्ने उदेश्यका साथ म्याक डोनाल्ड फुड क्याफे रेष्टुरेन्ट एन्ड ब्यांकेट बानेश्वरमा बिहान ११ बजे सभा बोलाएको हो। दुई लघुवित्तबीच १ः१ शेयर स्वाप अनुपातमा मर्जरमा जाने सम्झौता भएको छ।

यस्तै विशेष साधारण सभाले मर्जर पश्चात पूँजी वृद्धि हुने भएकाले संस्थाको प्रबन्धपत्र संशोधन गर्न तथा अन्य आवश्यक सम्पूर्ण कार्यका लागि पूर्ण अख्तियारी दिने प्रस्तावलाई पनि पारित गर्ने एजेण्डा रहेको छ।

मर्जर प्रयोजनका लागि नेप्सेमा सूचीकृत काभ्रेको धुलिखेलमा केन्द्रीय कार्यालय रहेको नयाँ नेपाल लघुुवित्तको शेयर कारोबार गत माघ २१ गतेदेखि रोक्का रहेको छ । दमौली तनहुँमा केन्द्रीय कार्यालय रहेको सारथी लघुवित्तले भने सर्वसाधारणलाई आईपीओ जारी गरेको छैन।

दुई संस्था मर्जर पश्चात चुक्ता पूँजी २३ करोड २४ लाख ६० हजार पुग्नेछ ।

प्रकाशित मिति: २२ जेठ २०७७, बिहीबार  १२ : २१ बजे