कोभिड बीमा तत्कालका लागि स्थगन गर्ने बीमा समितिको निर्णय

0
Shares

बीमा समितिले कोभिड बीमा योजना तत्कालका लागि स्थगन गर्ने निर्णय गरेको छ । बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलले सरोकारवालहरुसँगको छलफल पश्चात योजना स्थगन गरिएको जानकारी दिए।

सरकारले पनि कोभीड १९ को बीमा पोलिसी ल्याउने तयारी गरेको अवस्थामा एउटै प्रकृतिका २ वटा पोलिसी हुन सक्ने भएकाले त्यसको छलफलका लागि पनि स्थागन गरेको उनको भनाइ छ ।

आगामी दिनमा सरकारले ल्याएको वा समितिले ल्याउने जुन भएपनि सरकारका लागि काम गर्ने भएकाले एउटै हुने गरी आउने उनले बताए । त्यसका साथै रिइन्स्योरेन्स कम्पनीहरुसंग समेत कुरा भैरहेको हुनाले अहिलेको पोलिसीको मोडालिटीलाइ केही सुधार गर्नु पर्ने भएकाले पनि तत्कालका लागि स्थगन गरीएको उनको भनाइ छ ।

संक्रमितको संख्या ह्वात्तै बढ्न थालेपछि कोरोना बीमा बन्द गर्ने तयारी

प्रकाशित मिति: २२ जेष्ठ २०७७, बिहिबार  १६ : १६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।