स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घटामा ९ हजार ५२ जनामा कोरोना परीक्षण गरिएको जानकारी दिएको छ।
मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घण्टामा रियल टाइम पोलिमरेज चेन रियाक्सन (पीसीआर) प्रविधिबाट ३ हजार ८६७ वटा र र्यापिड डाइग्रोस्टिक टेस्ट (आरडीटी) प्रविधिबाट ५ हजार १८५ वटा परीक्षण सम्पन्न भएको जानकारी दिए।
मुलुकभर हालसम्म पीसीआर र आरडीटी दुबै प्रविधिबाट गरी कूल २ लाख ९ हजार ६९८ ब्यक्तिमा कोरोना भाइरस सङ्क्रमणको परीक्षण गरिएको जनाएको छ। त्यसमध्ये पीसीआर प्रविधिबाट ८४ हजार १३४ वटा र आरडिटी प्रविधिबाट १ लाख २५ हजार ५६४ जनामा कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।
हालसम्म आरडिटी प्रविधिबाट प्रदेश नं १ मा १२ हजार ७४९ वटा, प्रदेश नं २ मा ७ हजार ७७९ जना, वाग्मती प्रदेशमा २६ हजार ५१ जना, गण्डकी प्रदेशमा ८ हजार ९१८ वटा, प्रदेश नंम्बर पाँचमा २९ हजार २९६ वटा, कर्णाली प्रदेशमा १५ हजार ८३१ वटा र सुदूरपश्चिम प्रदेशमा २४ हजार ९४० वटा आरडिटी विधिबाट कोरोना परीक्षण गरिएको छ।
मन्त्रालयले माघ १४ गतेदेखि पीसीआर प्रविधिबाट र चैत १९ देखि आरडिटी विधिबाट कोरोनाको नमुना परीक्षण थालेको थियो।
१ लाख ६१ हजार जना क्वारेटाइनमा, आइसोलेशनमा २ हजार ३३५ जना
मुलुकभर हालसम्म १ लाख ६१ हजार २६२ जना क्वारेटाइनमा रहेका छन् । जसमध्ये प्रदेश नम्बर एक मा ३ हजार ९६३ जना, प्रदेश नम्बर दुईमा २२ हजार ४१९ जना, वाग्मती प्रदेशमा ३ हजार २३८, गण्डकी प्रदेशमा ४ हजार २९७ जना, प्रदेश नम्बर पाँचमा ३६ हजार ५३९ जना, कर्णालीमा ३२ हजार ५६५ जना र सुदूरपश्चिम प्रदेशमा ५८ हजार २४१ जना व्यक्ति क्वारेन्टाइनमा रहेका छन्।
आइसोलेशनमा रहेका सङ्क्रमित बिरामीको कूल संख्या २ हजार ३३५ जना रहेको प्रवक्ता देवकोटाले जानकारी दिए। जसमध्ये प्रदेश नं १ मा १४९ जना, प्रदेश नं २ मा ८४३ जना, वाग्मती प्रदेशमा २४ जना, गण्डकी प्रदेशमा ५० जना, प्रदेश नं ५ मा ८१६ जना, कर्णाली प्रदेशमा ३८० जना र सुदूरपश्चिम प्रदेशमा ७३ जना गरि कूल २ हजार ३३५ जना उपचारका लागि विभिन्न अस्पतालहरुमा आइसोलेशनमा रहेका छन्।म
मन्त्रालयका दुई वटा कल सेन्टर १११५ र ११३३ मा गत २४ घण्टामा १ हजार २८८ वटा स्वास्थ्य जिज्ञासा सम्बन्धी कलहरु प्राप्त भएका र स्वास्थ्यकर्मी तथा चिकित्सकको टोलीबाट त्यसको उत्तर दिइएको उनले बताए।
त्यसैगरी मन्त्रालयको वेभपेज र मोबाइल एप हाम्रो स्वास्थ्यमा हालसम्म ६१ हजार ५३७ जनाले आफ्नो स्वास्थ्य जाँच गर्ने फारम भरेर विवरण जाँच गरिसकेका छन्।पछिल्लो २४ घण्टामा ३७३ जनाले आफ्नो स्वास्थ्य विवरण ‘इन्ट्री’ गराएका छन् भने त्यसबाट सिराहाका थप १ जना सम्भावित संक्रमितको ‘रेडजोन’ मा परेका छन् । यससँगै ४७६ जना रेडजोनमा परेका छन्।
रेडजोनमा परेका व्यक्ति भनेका सम्भावित सङ्क्रमित व्यक्ति हुन । जसलाई प्रदेशका स्वास्थ्य निकाय र मन्त्रालयको ईपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ट्रेसिङको कार्य गरिरहेको उनले बताए।
बिहीबार थप १२ जनाले जिते कोरोना, हालसम्म २९० जना डिस्चार्ज
पछिल्लो २४ घण्टामा १२ जनाले कोरोना संक्रमणलाइ पराजित गरेर घर फर्किएका छन्। पछिल्लो विवरण अनुसार नारायणी अस्पताल वीरगञ्जबाट २५ देखि ७० वर्ष उमेर समूहका ५ जना पुरुष ९ औं दिनमा, कलैया अस्पताल बाराबाट २८ देखि ४९ वर्ष उमेर समूहका ९ जना पुरुष १० औं देखि १७ औं अवधिको बीचमा अस्पताल बसेर निको भई घर फर्किएका छन्।
यससँगै कोरोना पराजित गरि डिस्चार्ज भई घर फर्केनेहरुको कुल संख्या २९० पुगेको छ। जसमध्ये २३४ जना पुरुष र ५६ जना महिला छन्।
हालसम्म प्रदेशगत रुपमा प्रदेश नम्बर १ बाट ४८ जना, प्रदेश नम्बर २ बाट ११९ जना, वाग्मती प्रदेशबाट ३२ जना, गण्डकी प्रदेशबाट ३ जना, प्रदेश नम्बर ५ बाट ७९ जना, कर्णाली प्रदेशबाट २ जना र सुदूर पश्चिम प्रदेशबाट ७ जना गरि कूल २९० जना निको भएका छन्।
प्रतिक्रिया