शुक्रबार यस्तो छ डलरको भाउ

0
Shares

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि एक अमेरिकी डलरको नेपाली रुपैयाँमा खरिददर १२०.६३ र बिक्रीदर १२१.२३ रुपैयाँ निर्धारण गरेको छ। बिहीबारको तुलनामा एक अमेरिकी डलरको खरिददर र बिक्रीदर दुबैमा १९ पैसाले बढोत्तरी आएको हो।

बिहीबार एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ४४ पैसा र बिक्रीदर १२१ रुपैयाँ ४ पैसा तोकेको छ ।

विश्वभर फैलिएको कोरोना भाइरस संक्रमणका कारण लगानीकर्ता डलर र सुनमा लगानी गर्न थालेपछि ११४ रुपैयाँ रहेको एक अमेरिकी डलरको भाउ पछिल्लो पटक नेपाली रुपैयाँमा सटही दर बैशाख ५ गते शुक्रबार गते (१२३ रुपैयाँ २८ पैसा) सबैभन्दा धेरै बिक्रीदर पुगेको थियो।

नेपाली र भारतीय रुपैयाँबीच स्थिर विनिमय दर छ। यसकारण अमेरिकी डलरको तुलनामा जति भारतीय मुद्रा अवमूल्यन हुन्छ सोही अनुपातमा नेपाली रुपैयाँ पनि अवमूल्यन हुने गरेको छ।

विश्व बजारमा कोरोना भाइरसको प्रभावका कारण घटेको पेट्रोलियम पदार्थ र शेयर बजार भने माथि उठ्न सकेको छैन ।

प्रकाशित मिति: २३ जेठ २०७७, शुक्रबार  १२ : २३ बजे