नेपाल सेवा लघुवित्तको नाफामा ८७ प्रतिशतको उच्च गिरावट

0
Shares

नेपाल सेवा लघुवित्त (NSEWA) को खुद नाफामा ८७.५९ प्रतिशतको उच्च गिरावट आएको छ। गत आवको तेस्रो त्रैमासमा १३ लाख ६ हजार रुपैयाँ खुद नाफा कमाएको लघुवित्तको नाफा १ लाख ६२ हजार रुपैयाँमा झरेको हो।

चैत मसान्तसम्म लद्धुवित्तले १० करोड २० लाख रुपैयाँ निक्षेप संकलन गरी ६२ करोड ८८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले गत आवको यसै अवधिको तुलनामा १४ लाख ६७ हजार वृद्धि गर्दै १ करोड ८६ लाख ९९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। 

यद्यपी खर्चमा आएको बढोत्तरीका कारण कम्पनीले २ करोड ४ लाख १० हजार रुपैयाँ सञ्चालन नोक्सानी ब्यहोरेको वित्तीय विवरण सार्वजनिक गरेको छ।लघुवित्तले खराब कजा वापत २ करोड ४५ लाख रुपैयाँ व्यवस्था गरेको छ।

चुक्ता पुँजी ६ करोड रुपैयाँ रहेको लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी ८१ पैसा र रिजर्भ कोषमा १६ लाख ४१ हजार रुपैयाँ तथा प्रतिशेयर नेटवर्थ १०२.७४ रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा लघुवित्तको खराबकर्जा अनुपात २.७७ बाट १.७५ प्रतिशतमा सुधारिएको छ।

प्रकाशित मिति: २३ जेठ २०७७, शुक्रबार  १२ : ५१ बजे