शाइन रेसुङ्गा बैंकको ११ औं वार्षिक साधारण सभा आह्वान

0
Shares

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक (SHINE) ले असार १२ गते बैंकको ११ औं वार्षिक साधारण सभा आह्वान गरेको छ। बैंकको जेठ २२ गते सम्पन्न सञ्चालक समितिको बैठकले एशियन भिलेज रिसोर्ट रूपन्देहीमा विहान साढे ११ बजे सभा बोलाएको हो।

साधारण सभाले साविकका पूर्णिमा र भार्गव विकास बैंकलाई प्राप्ति पश्चात कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ।

यस्तै अन्य कुनै पनि बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति गर्न आवश्यक सम्पूर्ण कामको जिम्वेवारी सञ्चालक समितिलाई दिने र बैंकको शेयर संरचना परिवर्तन गरी संस्थापक ५७.५२ प्रतिशत र सर्वसाधारण ४२.७८ प्रतिशत कायम गर्ने गरी प्रवन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि साधारण सभामा रहेको छ ।

बैंकले साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी असार १ देखि १२ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यसअनुसार जेठ ३२ गतेसम्म कायम हुन आउने शेयरधनीले मात्रै मात्र सभामा भाग लिन र उक्त लाभांश पाउनेछन्। लकडाउनका कारण बैशाख ३१ पश्चात शेयर कारोबार नभएकाले सोही मिति कायम हुनेछ।

हाल बैंकको चुक्ता पूँजी २ अर्ब ६२ करोड २९ लाख ४ हजार रुपैयाँ रहेको छ ।१५ प्रतिशत बोनस शेयर (३९ करोड ३४ लाख ३५ हजार ६१८ रुपैयाँ बराबरको बोनस) वितरणपश्चात ३ अर्ब १ करोड रुपैयाँ पुग्नेछ।

चालु आवको तेस्रो त्रैमाससम्म बैंकले ४३ करोड ६७ लाख ७० हजार खुद नाफा गरेर वार्षिक प्रतिशेयर आम्दानी २२.२० रुपैयाँ कायम गरेको छ। बैंकको वितरणयोग्य मुनाफा ७ करोड ८ लाख ५८ हजार र जगेडा कोषमा १ अर्ब ४० करोड ३२ लाख २१ हजार रुपैयाँ रकम सञ्चित रहेको छ ।

प्रकाशित मिति: २४ जेष्ठ २०७७, शनिबार  ०८ : १६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।