कतारले नेपाल फर्कने नेपाली कामदारहरुको कोरोना परीक्षण नगरि नेपाल फर्काउने भएको छ। अरु देशका नागरिकहरुलाई पनि स्वास्थ्य परीक्षण नगरी पठाएको कतारले नेपाली कामदारलाई पनि सोही अनुरुप पठाउन लागेको हो।
कतारका लागी नेपाली राजदूत नारद भारद्ध्वाजले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरी दूतावासले निजी क्षेत्रबाट स्वास्थ्य परीक्षणका लागि सहजीकरण गरिदिन आग्रह गरिएको बताए । स्वास्थ्य परिक्षण नभएमा त्यत्तिकै पठाउनुपर्ने अवस्थामा आउने भएकोले सरकारले यस विषयमा तत्कालै सोच्न आवश्यक रहेको उनको भनाई छ।
कतारबाट १० हजार भन्दा बढी व्यक्तिहरुले नेपाल फर्कनका लागि निवेदन दिएकाले थर्मलगनबाट ज्वरो नापेर पठाउनुको विकल्प नभएको उनले जानकारी दिए।
नेपालले विदेशबाट फर्कने नेपालीहरुले कोरोना परीक्षणको ७ दिनसम्मको स्वास्थ्य रिपोर्ट बुझाउनुपर्ने प्रावधान राखेको थियो। तर कतारले उद्धार गरी ल्याउनेहरुको स्वास्थ्य परीक्षण नगरिदिने भएपछि परीक्षण बिनै कामदारहरु फर्काउनुपर्ने अवस्था आएको हो।










प्रतिक्रिया