नेपालमा कोरोना संक्रमितको कूल संख्या ३ हजार २०० नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङ्गमा पछिल्लो २४ घण्टामा शनिबार काठमाण्डौंका ४ जना सहित थप ३२३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिइएको छ।
यससँगै कुल संक्रमितको संख्या ३ हजार २३५ पुगेको छ । यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा डोल्पा र कैलाली थप २ जनाको कारोना संक्रमणका कारण मृत्यु भएको छ। यससँगै हालसम्म १३ जनाले कोरोनाबाट ज्यान गुमाएका छन्।
यस्तै शनिबार थप ३२ जनाले कोरोना संक्रमणलाई जितेर घर फर्किएका छन्। योसँगै कोरोना मुक्त भई डिस्चार्ज हुनेको संख्या ३६५ पुगेको छ ।










प्रतिक्रिया