आइतबारदेखि सुनचाँदीको दरभाउ नियमित प्रकाशित हुने, पसल पनि खुल्ने

0
Shares

नेपाल सुनचाँदी ब्यवसायी महासंघले आइतबारदेखि सुनचाँदीको दरभाउ नियमित प्रकाशित गर्नुका साथै आशिंक रुपमा पसलहरु पनि संचालन गर्ने भएको छ।

सरकारले लकडाउनको मोडालिटी परिवर्तन गर्ने प्रकृया शुरु गरेको र सुनचाँदी ब्यवसाय पनि आंशिक रुपमा सञ्चालन हुने भएपछि सुनचाँदीको दरभाउ नियमित प्रकाशित गर्न लागिएको महासंघले जनाएको छ।

नेपाल सरकारले बिभिन्न जिल्ला प्रशासन, सम्वन्धित महानगरपालिका/नगरपालिका/गाउँपालिका र सम्वन्धित उद्योग वाणिज्य संघको संयुक्त सहमतिमा केही घण्टा ब्यवसाय सञ्चालनगर्न पाउने ब्यवस्था गरे अनुसार सुनचाँदी ब्यवसाय पनि आंशिकरुपमा सञ्चालन हुने महासंघका प्रवक्ता मनोज कुमार शाहले जानकारी दिए।

सुन किन्नै नसक्ने अवस्थामा, प्रतितोला ९० हजार रुपैयाँ नजिक

नेपाल सरकारले कोरोना महामारीका कारण गत चैत ११ गते वाट लकडाउनको आदेशवाट ब्यवसायहरु बन्दगर्ने निर्देशन दिए अनुरुप सुनचाँदीको ब्यवसाय पनि बन्द रहेको छ।

हालसम्म स्थगन गरिएको दरभाउ यस महासंघले मिति २०७७ जेठ २५ गते आइतबार देखि पुनः प्रकाशित गर्ने ब्यहोरा सरकार, ब्यवसायी, सर्वसाधारण, उपभोक्ताहरु लगायत सरोकार राख्ने सवैलाई जानकारीका गराउँदछौ । महासंघद्धारा जारी विज्ञप्ति भनिएको छ।