स्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गरेर उद्योग व्यवसाय सञ्चालन गर्न दिइने

0
Shares

कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले स्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गरेर उद्योग व्यवसाय सञ्चालन गर्न दिने प्रस्ताव गरेको छ ।

समितिको शनिबार बसेको बैठकमा आर्थिक क्रियाकलापलाई क्रमश सुचारु गर्ने सम्बन्धमा तयार भएको मस्यौदामाथि छलफल भएको र भोलि बस्ने मन्त्रिपरिषदको बैठकले यसलाई अन्तिरुप दिने बताइएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव एवं समितिका समेत सचिव रहेका नारायण प्रसाद विडारीले आर्थिक क्रियाकलापहरु, बैंकिङ कारोबार, कृषि जन्य उद्योग व्यवसाय, अत्यावस्यक सेवाका क्षेत्रहरु, अस्पताल तथा प्रयोगशाला लागयतका क्षेत्रहरुलाई क्रमश सहजता दिलाउँदै चरणवद्ध रुपमा सञ्चालन गर्न सहजिकरण गर्ने सम्बन्धमा तयार भएको मस्यौदा माथि आजको बैठकमा छलफल भएको जानकारी दिए।

समिलिे तयार पारेका तीन मस्यौदामाथि छलफल भएपनि आज कुनै निर्णय हुन सकेन् । उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी भएको स्वास्थ्य मापदण्ड र गृह प्रशासनबाट जारी भएको सुरक्षा मापण्ड समेत पालना गर्ने गरी उद्योग, कलकारखाना र व्यवसाय स सञ्चालन गर्न दिने गरी तयारी भइरहेको बताए ।

पछिल्लो समय लकडाउन लम्बिदै गएपछि उद्योगी व्यवसायीहरुले सरकारलाई उद्योग व्यवसाय खोल्नका लागि दबाब दिदै आएका छन् । समितिले भोली आइतबार बस्ने मन्त्रिपरिषद्को बैठकमा उक्त मस्यौदा पठाउने छ भने मन्त्रिपरिषदे अन्तिम निर्णय गर्नेछ । यसअघि बसको मन्त्रिपरिषदको बैठकले समितिलाई नै मस्यौदा फाइनल गर्न भनेको थियो।