अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका– ७ का वडाध्यक्ष देवेन्द्र पुन तीन लाख सहित शनिबार पक्राउ गरेको छ ।
रुपन्देही जिल्लाको सैनामैना नगरपालिका वडा नं १० सालझण्डीबाट घुस लिँदै गर्दा वडाध्यक्ष पुन रंगेहात पक्राउ परेका हुन्।
आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले लिलामी काठको लिलामी तथा निकासी कार्यमा सहजीकरण गरिदिने भनी घुस लिँदै गर्दा आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको जानकारी दिए।
वडाध्यक्ष पुनलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।










प्रतिक्रिया