अघिल्लो वर्ष ८६% बोनस दिएको सगरमाथा इन्स्योरेन्सले यो वर्ष लाभांश नदिने

0
Shares

सगरमाथा इन्स्योरेन्स (SIC) ले आर्थिक वर्ष २०७५/०७६ को नाफाबाट लगानीकर्तालाई लाभांश वितरण नगर्ने भएको छ ।

कम्पनीको जेठ २२ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो।

इन्स्योरेन्सले यस आर्थिक वर्षमा नाफा कमाएको भए पनि एनएफआरएस प्रणाली अनुसार बाँडफाँड रकममा ऋणात्मक देखिएको भन्दै लाभांश नदिने बताएको हो ।

सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७५/०७६ को वित्तीय विवरण पारित गरेको छ । आर्थिक वर्ष २०७४/०७५ मा कम्पनीले ८६% बोनस शेयर दिएको थियो ।