गणपति लघुवित्त वित्तीय संस्था (GMFBS) ले अच्युतराज सापकोटालाई दोस्रो कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निरन्तरता दिएको छ।
लघुवित्त कम्पनीको जेठ २२ गते बसेको सञ्चालक समिति बैठकले सीइओ सापकोटालाई पुन ४ वर्षका लागि नियुक्ती गर्ने निर्णय गरेको हो। बैठकले कम्पनी सचिवको पनि जिम्मेवारी पनि उनलाई दिएको छ।
संस्थापक प्रमुख कार्यकारी अधिकृत समेत रहेका सापकोटा चार वर्षअघि गणपतिको सीईओ चयन भएका थिए। उनको कार्यकाल असार ७ गते रहेको थियो।
लघुवित्त संस्थाले ३६ वटा शाखा कार्यालय तथा १ हजार ९५३ वटा सेवा केन्द्र मार्फत १३२ वटा स्थानीय तहमा लघुवित्तीय सेवा दिँदै आएको छ।
हालसम्म कम्पनीले ३१ करोड ८२ लाख रुपैयाँ निक्षेप संकलन तथा बैंक तथा वित्तीय संस्थाबाट सापटी लिएर १ अर्ब २५ करोड रुपैयाँ ऋण लगानी गरेको छ। संस्थामा २२ हजार ८३३ सदस्य छन्।
प्रतिक्रिया