गुणस्तर तथा नापतौल विभागले तोक्यो २८ स्वास्थ्य सामग्रीको गुणस्तर र मापदण्ड

0
Shares

नेपाल गुणस्तर तथा नापतौल विभागले स्वास्थ्यकर्मीले सुरक्षाका लागि लगाउने व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) सहित २८ सामग्रीको गुणस्तर र मापदण्ड तोकेको छ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको अध्यक्षतामा आज बसेको नेपाल गुणस्तर परिषद्को १०४औं बैठकले २८ वटा सामग्रीको गुणस्तर र मापदण्ड तोकेको हो।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले स्वास्थ्य सामग्री सहित विभिन्न २८ वस्तुमा गुणस्तर र मापदण्ड तोकिएको जानकारी दिए।

विभागले स्वास्थ्यकर्मीले लगाउने गाउन, कभर, अल ट्राउजर, कोट, सर्जिकल माक्स, ग्लोब्सलगायतका सामग्री रहेका छन्। स्वास्थ्य सामग्रीको गुणस्तर र मापदण्ड तोकिएसँगै अब गुणस्तर परीक्षण गरेर स्वास्थ्य सामग्रीको उपयोग गर्नुपर्नेछ ।

प्रकाशित मिति: २५ जेठ २०७७, आइतबार  २२ : ३१ बजे