बिना काम बाहिर निस्किएका सयौं मोटरसाइकल ट्राफिकको नियन्त्रणमा


लकडाउन जारी रहेको अवस्थामा ट्राफिक प्रहरीले पास नभएका र बिना काममा निस्किएका सवारी साधन नियन्त्रणमा लिँदै कार्वाही गर्ने क्रम तिब्र बनाएको छ । मंगलबार बिहान ट्राफिक प्रहरीले कोटेश्वर तथा जडिबुटी क्षेत्रमा ठुलो संख्यामा दुई पाङ्ग्रे सवारी साधन नियन्त्रणमा लिएको छ । अत्यावश्यक कामभन्दा बाहेकको अवस्थामा बाहिर ननिस्किन ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

नोटबजारसँग कुरा गर्दै ट्राफिक प्रहरी प्रमुख भिमप्रसाद ढकालले जोखिम न्युनिकरणका लागि लकडाउन एक मात्र उपाय भएको बताए । आम नागरिकलाई अनावश्यक काममा बाहिर ननिस्किन आग्रह गर्दै ढकालले पास नभएका र बिनाकाममा निस्किएका सवारी साधनलाई अनिश्चित कालसम्मका लागि नियन्त्रण लिने बताए ।

हामीले सरकारको आदेश पालना गर्ने हो, मानवीय सम्वेदनासँग जोडिएर केही सहज वाताबरण देखियो भन्दैमा बिनाकाम पास नभएका सवारी साधन लिएर बाहिर ननिस्किनुस् । अटेर गर्नेलाई हामी अनिश्चित कालसम्म सवारी साधन नियन्त्रणमा लिन बाध्य हुन्छौं ।