बिरामीमा कोरोना पुष्टि भएपछि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल आजदेखि बन्द

0
Shares

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल आजदेखि शिल गरि पूर्णरुपले बन्द गरिएको छ।

बाँकेको कोहलपुुरस्थित अस्पतालमा उपचार गराइरहेका अछाम जिल्लाबाट ल्याइएको गर्भवती र आन्द्रामा समस्या भएका दुई बिरामीमा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमण देखिएपछि अस्पताल बन्द गरिएको हो।

अछाम जिल्लास्थित बयलपाटा अस्पतालले गर्भवती, र आन्द्रामा समस्या भएका बिरामी कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज सिफारिश गरेको थियो। कोरोना सङ्क्रमण देखिएपछि बिरामीको शल्यक्रिया गर्ने तयारी गरिए पनि रोकिएको छ।

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका उपनिर्देशक दिनेश श्रेष्ठले अस्पतालले ती बिरामीको जाँच गर्दा कोरोना सङ्क्रमण देखिएको जानकारी दिए ।

सोमबार अछाम जिल्लाको बयलपाटा अस्पतालबाट थप उपचारका लागि बाँकेको कोहलपुुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर ल्याइएको थियो।

प्रकाशित मिति: २७ जेठ २०७७, मंगलबार  १३ : ३३ बजे