लकडाउनको नयाँ मोडालिटी टुङ्याउन मन्त्रिपरिषद् बैठक बस्दै

0
Shares

सरकारले जारी लकडाउनको मोडालिटी परिवर्तन गर्ने निर्णय गर्ने भएको छ। यसकालागि मोडालिटी बारे छलफल गर्न मंगलबार मन्त्रपरिषद् बैठक बस्ने भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ६ बजे बस्ने मन्त्रिपरिषद् बैठकले लकडाउनको मोडालिटीबारे निर्णय हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। आजको बैठकमा कोरोना भाइरसको संक्रमण अनुसार लकडाउनको मोडालिटीबारे निर्णय हुन सक्ने बताइएको छ।

यसअघि गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको मोडालिटी तयार पार्न उच्चस्तरीय समन्वय समितिलाई निर्देशन दिएको थियो। सरकारले गत चैत ११ गतेदेखि लकडाउन गर्दै आएको छ।

उच्चस्तरिय समितिले असार एक गतेदेखि चरणबद्ध रुपमा लकडाउन खुकुलो बनाउने प्रस्ताव गरेको छ। ।

दुई–दुई हप्तामा मोडालिटी परिवर्तन गर्दै जनजीवन सहज बनाउन प्रस्तावमा छ । सुरुका दुईहप्ता केही सेवाप्रदायक संस्था खुकुलो पारेपछि त्यसको अनुभवका आधारमा लकडाउनको स्वरुप दोस्रो तहमा लैजाने योजना छ ।

समितिले असार एक गतेपछि विभिन्न ६ चरणमा ७० दिनमा चरणबद्ध रुपमा लकडाउन खुकुलो बनाउने प्रस्ताव गरेको छ ।

 जनजीवन, आर्थिक गतिविधिको निरन्तरता र नियमितताको सन्तुलन राख्न लकडाउनको हालको स्वरुप परिवर्तन गर्न लागिएको हो । पहिलो चरणमा कृषि, दैनिक उपभोग्य सामाग्री वितरक केन्द्रहरु खोल्ने तयारी छ । प्रस्तावलाई आजै साँझ बस्ने मन्त्रीपरिषद बैठकवाट पारित गर्ने तयारी छ ।

जेठ १७ गतेको मन्त्रीपरिषद बैठकले समितिलाई लकडाउनको नयाँ स्वरुप टुंगो लगाउने जिम्मेबारी दिएको थियो । लामो छलफलपछि समितिले त्यसलाई अन्तिम रुप दिन लागेको हो ।

सरकारले लकडाउन खुकुलो बनाउने योजना टुग्याउन नसक्दा काठमाडौं उपत्यका सहित देशभर ब्यापारीहरुले धमाधम पसल खोल्न थालेका छन् । सडकमा सवारीसाधनको चाप पनि बढेको छ । सरकारले पछिल्लोपटक जेठ ३२ गतेसम्म लकडाउन थप गरेको छ ।