मंगलबार ३२३ जना कोरोना संक्रमित थपिए, कुल संख्या चार हजार ८५

0
Shares

मंगलबार थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कुल संक्रमितको संख्या चार हजार ८५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा ३२३ जना कोरोना संक्रमित थपिएको जानकारी दिए।

संक्रमितमध्ये २९२ जना पुरुष र ३१ जना महिला रहेका छन ।

पछिल्लो २४ घण्टामा ८ महिला ८८ पुरुष गरी ९६ जना डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ५८४ पुगेको छ।

प्रकाशित मिति: २७ जेष्ठ २०७७, मंगलबार  १६ : २२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।