कोरोना महामारीमा एनसीएचएले गर्यो ३ करोड बराबरको सहयोग

0
Shares

नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)ले हालको महामारीको स्थितिमा नेपाल सरकार, बैंकिङ्ग क्षेत्र र सर्वसाधारणलाई सहयोगसहित जम्मा २ करोड ९१ लाख २० हजार भन्दा बढि सहयोग गरेको जनाएको छ।

एनसीएचएलले सम्पूर्ण भुक्तानी सेवाहरुमा लाग्ने कारोबार शुल्क मिनाहा गरेर, आफ्नो प्ल्याटफर्म मार्फत क्राउडफन्डिङ्ग गरी र कोरोना नियन्त्रण तथा उपचार कोषमा प्रत्यक्ष अनुदान गरी सहयोग पु¥याएको छ ।

कोभिड—१९ को वर्तमान अवस्थामा डिजिटल भुक्तानीलाई प्रस्रयदिने उद्देश्यका साथ एनसीएचएलले NCHL-ECC, NCHL-IPS, connectIPS, NPI/ connectRTGS सेवाहरु प्रवाह गर्दै आएको मालकडाउन शुरु भएदेखि नै यी सम्पूर्ण भुक्तानीे सेवाहरुमा लाग्ने कारोबार शुल्कहरु मिनाहा गर्दै आईरहेको छ।

यसरी कारोबार शुल्कमिनाहाबाट एनसीएचएलले २ करोड ३४ लाख ९ हजार २४३ रुपैँयाभन्दा बढिको प्रत्यक्ष योगदान गरेको छ । connectIPS प्रणालीमा ”DonateFor Cause” का रुपमा समावेश गरी सोबाटहालसम्म“नेपाल सरकारको कोरोना भाइरस नियन्त्रण र उपचार कोष”कालागि ४० लाख १९ हजार ४४८ रुपैँया संकलन गर्न सहयोग गरेको छ ।

यसका साथै एनसीएचएलले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सरकारको कारोना उपचार कोषमा १७ लाख सहयोग गरेको छ, जसमध्ये १० लाख केन्द्रिय सरकारको कोरोना उपचार कोषमा र सातै प्रदेशको कोषमा १—१लाख सहयोग प्रदान गरेको छ ।

सर्वसाधारण र व्यवसायहरु वर्तमान महमारीको स्थितिबाट निकैप्रभावितछन्रयस्तोअवस्थामाकारोबार शुल्क मात्र आमदानीको मुख्यश्रोत भएता पनि एनसीएचएलले लकडाउन भएदेखि नै डिजिटल भुक्तानीका लागि अनुकूल वातावरण प्रदानगर्दै बैंकिङ्ख क्षेत्र र सर्वसाधारणलाई थप सहयोग गर्न यसरी कारोबार शुल्क मिनाहा गर्र्ने निर्णय लिएको हो र एनसीएचएल महामारी विरुद्धको लडाईमा सम्भव भएजति सबै तरिकाले थप सहयोग पुर्याउन प्रतिबद्ध रहेको छ।

एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरुलागू र संचालनगर्न नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तिय संस्था र स्मार्ट च्वाइर्स टेक्नोलोजी लिमिटेडद्वारा प्रवद्र्धित कम्पनी हो ।