एनआईबिएलको मुद्धा नजिर, हिमालयन र बीओकेको मुद्धा पनि जित्छौं : गान्धी पण्डित


गान्धी पण्डित भन्छन एनआईबिएलको मुद्धाले नजिर स्थापीत भयो मेलम्ची केशमा हिमालयन र बीओकेको मुद्धा पनि जित्छौं
मेलम्ची खाने पानी आयोजनाको सम्बन्धमा हिमालयन बैंक र बैंक अफ काठमाण्डूको हकमा मुद्धा तनहुँको जस्तै हो ।

चाइना रेलवे व्युरो १५ ले मेलम्ची खाने पानी आयोजनाको निर्माण ठेक्का पाएको थियो । त्यो चाइना व्यूरो ठेकेदारले चाईना कन्स्ट्रक्सन बैंकबाट मेलम्ची खाने पानी आयोजनाको काउण्टर ग्यारेण्टी ल्याएको थियो । मेलम्चीले नेपाली बैंकबाट ग्यारेन्टी मागे पछि चाइना कन्स्ट्रक्सन बैंकले बैंक ग्यारेण्टीको लागि हिमालयन बैंक र बैंक अफ काठमाडौंलाई आग्रह गर्यो । हिमालयन बैंक र बैंक अफ काठमाण्डूले चाईना कन्स्ट्रक्सन बैंकको विश्वसको आधारमा बैंक ग्यारेण्टी जारी गरेका थिए ।

बैंक ग्यारेन्टीको विषय मिले पछि मेलम्ची र चाइना रेलवे व्यूरोका बिचमा खानेपानी आयोजना निर्माण गर्ने सम्झौता भयो । तर, चाइना व्यूरोले सम्झौता अनुसार खानेपानी आयोजनाको कामलाई अघि बढाउन सकेन । काम गर्न नसके पछि त्यो कन्ट्याक्टर नेपाल छाडेर भाग्यो । आयोजनाको २० प्रतिशत पनि काम पुरा नगरी चाइना व्यूरोले ८० प्रतिशतभन्दा धेरै काम बाँकी छोडेर भागेको थियो । समस्या आए पनि एशियाली विकास बैंकले नै छलफलमा बोलाएर सोधेको थियो ।

यस सम्बन्धमा चाइना व्यूरोले एडीबीलाई काम गर्न नसकेको स्वीकार गर्दै २ महिना भित्रमा काम सुरु गर्ने प्रतिबद्धता पनि जनाएको थियो । तर उ फर्किएन । चाइना रेल्वे भागे पछि बैंक हाफ काठमाण्डू र हिमालयन बैंकले काउण्टर ग्यारेण्टी दाबीको पैसा तिर्न छोडेर मुद्धा हाले ।

यहासम्म आउँदा तनहुँ र मेलम्चीको मुद्धा एकै किसिमको छ । फरक यत्ति हो कि तनहुको केशमा कन्ट्राक्टरले इटलीमा मुद्धा हाल्यो । यता मेलम्चीको केशमा बैंक अफ काठमाण्डू र हिमालयन बैंकले पैसा नदिएर अदालतमा मुद्धा हाले । यो मुद्धामा मेलम्चीको तर्फबाट मैले नै केश लिएर सन् २०१३ मा हाइ कोर्टबाट त्यो मुद्धा जितियो । दुवै बैंकहरु अलपत्र परे । चीनमा मुद्धा हाल्न जानलाई पनि उनीहरुले ढिलो गरे । त्यहाँ मुद्धा हाल्न जाँदा मैले वकालत गरेको थिइन । किनकी म विपक्षमा नै थिएँ । चीनको जिल्ला अदालतमा दुवै बैंकले मुद्धा हाले ।

तनहुँ केशमा जस्तै मेलम्ची केशमा अचम्म के भयो भने जिल्ला अदालतले बैंक अफ काठमाण्डू र हिमालयन बैंकको विपक्षमा फैसला गर्यो । तनहुको केशमा पनि इटलीको जिल्ला अदालतले नेपाल इन्भेष्टमेण्ट बैंकको विपक्षमा फैसला गरेको थियो ।
काउण्टर ग्यारेण्टीमा कन्ट्राक्टरले फटाई गरेको अवस्थामा बैंकले मुद्धा हार्ने अवस्था ज्यादै न्युन हुन्छ, तर सबै विषय प्रष्ट पार्न सक्नु त पर्यो नि । चीनको जिल्ला अदालतले मुद्धा हराई दिए पछि बैंक अफ काठमाण्डू र हिमालयन बैंकले मलाई बोलाएर सहयोग मागे ।

दुवै बैंकले मसँग सहयोग मागि सके पछि म आफैं चीन गएँ । त्यहाँ गएर बुझ्दा पहिलेको मुद्धामा त्यहाँस्थित आफ्नो वकिललाई २ वटा विषयको बारेमा बुझाउन छुटाएको देखियो । चाइना रेलवेले एडबीसँगको छलफलमा आफुले सम्झौता अनुसार काम गर्न नसकेको र २ महिनामा काम सुचारु गर्ने भनेर गरेको कागज र एडभान्स पेमेण्ट ग्यारेन्टीमा जफत नै गर्न नमिल्नेमा जफत गरेको विषय नबुझाएका कारण पहिले मुद्धा हारेको रहेछ ।

यो दुई वटा छुटेका विषयसँगै सबै प्रमाणहरु लिएर मैले त्यसपछि त्यहाँको उच्च अदालतमा फेरी मुद्धा प्रकृया चलाएँ । प्रमाण बलिmयो भए पछि त्यहाँको जिल्ला अदालतले गरेको फैसलालाई उच्च अदालतले उल्ट्याई दियो । यथेष्ट प्रमाण हुँदा हुँदै पनि किन फैसला गलत किसिमको आयो भनेर उच्च अदालतले तथ्यलाई हेरेर फेरी फैसला गर्नु भने पछि अहिले फेरी मुद्धा चलिरहेको छ ।

नजिरको आधारमा भ के न्छु भने जसरी एउटै प्रकृतिको मुद्धामा इन्भेष्टमेण्ट बैंकले इटलीको अदालतबाट सफाई पायो, बैंक अफ काठमाण्डू र हिमालयन बैंकले पनि चीनको अदालतमा मुद्धा जित्छन् । तर दुई मुलुक बिचको विषय भएकाले बायसनेस भएर फैसला हुन्छ कि भन्नेमा चैं हामी चनाखो हुनु जरुरी छ ।

– मेलम्चीको बैंक ग्रोण्टीको विषयलाई लिएर चीनमा चलिरहेको मुद्धामा बीओके र हिमालयन बैंकका तर्फबाट मुद्धा लडिरहेको वरिष्ठ अधिवक्ता डा. गान्धी पण्डितसँग नोटबजारका परमेश्वर अधिकारीले गरेको कुराकानीको सम्पादित अंश ।

इन्भेष्टमेण्ट बैंकको मुद्धा जिताएका गान्धी पण्डितको स्मरणमा मुद्धाको नालीबेली