राष्ट्र बैंकले दुई विकास बैंक र तीन लघुवित्तलाई दियो मर्जर अनुमति

0
Shares

नेपाल राष्ट्र बैंकबाट विभिन्न ५ वटा बैंक तथा वित्तीय संस्थाले मर्जरमा जाने सहमति पाएका छेन् । राष्ट्र बैंकले दुई वटा विकास बैंकलाई अन्तिम स्वीकृति र तीन वटा लघुवित्तलाई सैद्धान्तिक सहमति दिएको हो ।

राष्ट्र बैंकका अनुसार सप्तकोशी डेभलपमेन्ट बैंक र कावेली विकास बैंकले मर्जरमा जाने अन्तिम स्वीकृति पाएका छन् । ५२ करोड ३७ लाख ६५ हजार रुपैयाँ चुक्तापुँजी भएको सप्तकोशी र २८ करोड ४२ लाख ९७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको काबेलीले अब छिटै एकीकृत कारोबार सुरु गर्नेछन् ।

त्यस्तै, राष्ट्र बैंकबाट मर्जरमा जानको लागि रामा रोशन लघुवित्त, एनआरएन लघुवित्त र क्रिएटिभ लघुवित्तले सैद्धान्तिक सहमति पाएका छन् । अब यी संस्थाले मर्जरका लागि आवश्यक बाँकी प्रक्रिया पुरा गरी अन्तिम स्वीकृतिका लागि राष्ट्र बैंकमा पुनः निवेदन गर्नेछन् ।