नेको इन्स्योरेन्सको शेयर सम्बन्धि सबै काम आरबीबी मर्चेण्टले गर्ने


नेको इन्स्योरेन्सको आरटीएसको काम आरबीबी मर्चेण्ट बैंकिङले गर्ने भएको छ । इन्स्योरेन्सको आरटीएसको काम आरबीबीले गर्ने सम्बन्धमा दुई संस्थाका बिचमा सम्झौता भएको छ ।

सम्झौता पत्रमा नेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत अशोककुमार खड्का र आरबीबी मर्चेण्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन् ।

अब नेको इन्स्योरेन्सका शेयरधनीले शेयर सम्बन्धि सबै कामका लागि आरबीबी मर्चेण्ट बैंकिङमा सम्पर्क गर्नु पर्ने हुन्छ ।

नेकोसँग आरटिएस सम्झौता भएसँगै आबीबीले ३ वटा कम्पनीको शेयर सम्बन्धि काम गर्ने भएको हो । आरबीबीका प्रमुख कार्यकारी अधिकृत प्याकुरेलका अनुसार बुधबार मात्र शेयर सूचीकरण भएको पुनर्बीमा कम्पनी र राष्ट्रिय वाणिज्य बैंकमा विलय भएको साविकको एनआईडिसी डेभलपमेण्टका सर्वसाधारण शेयरधनीको पनि शेयर सम्बन्धि सबै काम आरबीबी मर्चेण्ट बैंकिङले गर्नेछ ।

लकडाउनमा केही खुकुलो अनुभुति भएसँगै मर्चेण्ट बैंकिङले सबै सेवालाई पूर्ण रुपमा सञ्चालनमा ल्याएको प्याकुरेलले जानकारी दिए ।