गोरखामा केन्द्रीय कार्यालय रहेको सजिलो लघुवित्तले असार ३१ गते दियालो फुडल्याण्ड बसुन्धारामा दा्स्रो वार्षिक साधारण सभा डाकेको छ। जेठ २९ गते सम्पन्न सञ्चालक समितिको बैठकले सभा बोलाएको हो।
सभाले समिट लघुवित्तसँग मर्जर प्रस्ताव पारित गर्ने मुख्य एजेण्डा रहेको छ। यसैगरि मर्जसँग भएगरेका सम्पूर्ण कार्यलाई अनुमोदन गर्ने र समिट लघुवित्त मजरपछि राष्ट्र बैंकले तोकेअनुसार सर्वसाधारण शेयरधनीको शेयर स्वामित्व अनुपात ३० प्रतिशत नपुग्ने भएकाले थप सार्वजनिक निष्काशन (एफपिओ) जारी गर्ने प्रस्ताव पनि सभामा रहेको छ।
समिटले सवसाधारणमा ३० प्रतिशत शेयर जारी गरेर सूचीकृत भैसकेको छ भने सजिलोले आईपिओ जारी नगरेकाले नेप्सेमा सूचीकृत छैन।
यस्तै मर्जर पश्चात समिट लघुवित्तको नाममा कारोबार गर्ने र केन्द्रीय कार्यालय टोखा नगरपालिका काठमाण्डौं र रजिष्टार कार्यालय सजिलो लघुवित्तको गोरखालाइ बनाइने प्रस्ताव पनि अनुमोदन गर्नेछ।
मर्जर तथा प्रास्ती पश्चात पूँजी वृद्धि लगायत मिलाउन प्रबन्धपत्र तथा नियानवली संसोधन गर्ने तथा नियामक निकायको निर्देशन बमोजिमको कार्र्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ।
यस्तै सञ्चालक समितिको आव २०७५।७६को नाफा।नोक्सान हिसाब, वासलात सहितको वार्षिक प्रतिवेदन पारित गर्ने र आव २०७६।७७ का लागि लेखापरिक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने अन्य एजेण्डा पनि रहेका छन् ।
साधारण सभाका लागि इन्स्योरेन्स कम्पनीले असार ४ गतेदेखि शेयर दाखिला खारेजी गर्ने भएको छ । यसअनुसार असार ३ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहने शेयरधनीले मात्र साधारण सभामा प्रतिनिधित्व जनाउन सक्नेछन्।
प्रतिक्रिया