शुक्रबार यस्तो छ सुनचाँदीको बजारभाउ

0
Shares

नेपाली बजारमा शुक्रबार सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउमा १५ रुपैयाँले गिरावट आएको छ ।

लकडाउन पश्चात जेठ २५ गतेदेखि निर्धारण हुन थालेको सुनको मूल्य लगातार पाँच दिनदेखि बढीरहेकोमा छैटौं दिनमा आएर स्थिर बनेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार छपावाल सुनको मूल्य प्रतितोला ८९ हजार ६०० र तेजाबी सुनको मूल्य ८९ हजार १६५ तथा चाँदीको मूल्य प्रतितोला ९३५ रुपैयाँ तोकेको छ।

हिजो बिहीबार भने छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ६०० रुपैयाँ र तेजाबी सुन मूल्य ८९ हजार १६५ रुपैयाँ र चाँदी प्रतितोला ९५० रुपैयाँमा किनबेच भएको थियो ।

प्रकाशित मिति: ३० जेष्ठ २०७७, शुक्रबार  ११ : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।