सेन्ट्रल बैंकले बाध्य पार्नु अघि नै मर्जरमा जान लघुवित्त कम्पनीलाई गभर्नरको निर्देशन

0
Shares

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले लघुवित्त कम्पनीहरुलाई केन्द्रीय बैंकले बाध्य पार्नुअघि नै एक आपसमा मर्जरमा जान निर्देशन दिएका छन् ।

आइविएन मिडिया एण्ड रिसर्चले शुक्रबार राजधानीमा आयोजीत लघुवित्त संस्थाहरुको मर्जर र आवश्यकता बिषयक अन्तरक्रियामा गभर्नर नेपालले भने, ‘मौद्रीक नीति आउन अझै एक महिना समय छ, यसबीचमा आफै मिलेर मर्जरमा जानुहोस, सेन्ट्रल बैंकले फोर्सली मर्जर अगाडि ल्याउनु नपरोस्, केन्द्रीय बैंकले तोकेर मर्जरमा जान भनेपछि हारगुहार गर्ने स्थिति नआओस ।’ 

यसअघि वाणिज्य बैंकहरुको पूँजी वृद्धिमा आफुले पटक पटक संसदको अर्थ समितिमा जवाफ दिनुपरेको भन्दै राष्ट्र बैंकले तोक्नुपर्ने अवस्था सिर्जना भए माथिल्लो निकायमा गएर जस्तोसुकै रोइकराई गरेपनि राष्ट्र बैंक आफ्नो निर्णयबाट पछि नहट्ने चेतावनी समेत दिए।

मर्जरपछि लघुवित्तहरुको इकोनोमिक अफ स्केल र क्यापिटल बेस बढ्ने र विदेशबाट पैसा ऋण ल्याउन सक्ने गभर्नरको भनाई थियो ।