प्रतिनिधिसभाको शनिबारको बैठकमा नेपाली जनताले चुनेर पठाएका नेपालको सार्वभौम संसदमा १२ जना सांसद उपस्थित नै नभएको पाइएको छ।
प्रतिनिधि सभामा कायम २७५ मध्ये १२ जना सांसद उपस्थित भएनन् भने समाजवादी पार्टी नेपालकी सांसद सरिता गिरी उपस्थित भएपनि मतदानमा सहभागि भइनन्।
आफुले दर्ता गराएको संविधान संसोधन विद्येयकमा अस्वीकृत भएसँगै मतदान अगावै गिरी बैठक बहिस्कार गरेर हिँडेकी थिइन्।
सभामुख संसदको तटस्थ व्यक्ति भएकोले मतदान गरेनन् भने तीन सांसद जेलमा र एक सदस्य निलम्बित छन् । निलम्बित सांसदले बैठकमा भाग लिन पाउँदैनन्।
भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको भू-भाग राखेर नेपालले निसान छाप परिवर्तन गर्नको लागि गरिएको संविधान संशोधन विधेयकको मतदान प्रकियामा १२ सांसद भने अनुपस्थित नै भएका हुन्।
प्रतिनिधि सभामा तत्काल कायम रहेको २७५ मध्ये महत्वपूर्ण बैठकमा २५८ जना मात्र उपस्थित भएर मतदानमा सहभागिता जनाए।
उपस्थित शतप्रतिशत सांसदले नै विद्येयकको पक्षमा मतदान गरेका छन्। यससँगै नेपालको संविधानको दोस्रो संशोधन २०७७ दुई तिहाईभन्दा बढी बहुमत पारित भएको छ ।
को को सांसदहरू अनुपस्थित भए हेर्नुहोसु सूची :-
- अमृतादेवी अग्रहरि
- हरिबोल गजुरेल
- गोपाल बहादुर बम
- धन बहादुर बुढा
- नागेन्द्र कुमार चौधरी
- प्रमोद साह
- शिव कुमार मण्डल
- सूर्य बहादुर केसी
- सूर्य नारायण यादव
- ज्ञानकुमारी छन्त्याल
- दुलारी देवी खत्वेनी
- सरिता गिरि (बैठक बहिस्कार)
निलम्बित तथा जेलमा रहेका सांसदहरू
- विजय कुमार गच्छदार
- हरिनारायण रौनियार
- रेशम चौधरी
- मोहम्मत अफ्ताब आलम
प्रतिक्रिया