नेशनल हाइड्रोले बोलायो साधारण सभा

0
Shares

नेशनल हाइड्रो पावर कम्पनीले असार २१ पानस पार्टी प्यालेस, धापासी, काठमाडौंमा २३ औं वार्षिक साधारण सभा आह्वान गरेको छ।
कम्पनीको जेठ २८ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

उक्त साधारण सभाले आव २०७५र/७६ को वार्षिक प्रतिवेदन पारीत गर्ने र आव २०७६/७७ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने तथा निजको पारीश्रमिक निर्धारण गर्ने लगायतका एजेण्डा पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले असार ११ गते देखि १६ गते सम्म शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने जनाएको छ । जस अनुसार असार १० गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन् ।

कोराना संक्रमणबाट सुरक्षित रहन कम्पनीले कम्तिमा १ मिटरको सामाजिक दुरी कायम हुने गरी साधारण सभा सञ्चालन हुने जानकारी दिएको छ । भीडीयो कन्फ्रेन्स मार्फत आफ्नो मन्तब्य राख्न चाहने शेयरधनीले भने साधारण सभा हुनु २ दिन अगावै कम्पनी सचिवलाई नाम टिपाउन भनेको छ।