अन्नपूर्णपोस्ट दैनिकको सम्पादकीय नेतृत्व अखण्ड भण्डारीलाई

0
Shares

अन्नपूर्णपोस्ट दैनिकको सम्पादकीय नेतृत्व अखण्ड भण्डारीले पाएका छन् ।

प्रधान सम्पादक हरिबहादुर थापाको राजीनामा स्वीकृत गर्दे अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले आइतबार भण्डारीलाई सम्पादकीय नेतृत्व प्रदान गरेका हुन्।

कान्तिपुर दैनिकको विभिन्न विभागको नेतृत्वदायी भूमिकामा रहेर १८ वर्षसम्म काम गरेका भण्डारी दुई वर्षअघि अन्नपूर्ण पोस्ट आएका थिए। भण्डारीका समाचारको भाषा र मलाया एक्सप्रेस दुई कृति प्रकाशित छन्।

अध्यक्ष क्याप्टेन थापाले निवर्तमान प्रधान सम्पादक हरिबहादुर थापालाई दुई वर्षसम्मको सफल सहकार्यको लागि धन्यवाद दिए।

प्रकाशित मिति: ३२ जेष्ठ २०७७, आइतबार  २१ : १७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।