हरेक स्थानीय तहमा वाणिज्य बैंकको शाखा सञ्जाल विस्तार गर्ने सरकारी नीति सार्थक हुने बाटोमा पुगेपनि पछिल्ला तीन महिनामा एउटा पनि पहुँच नपुगेको स्थानीय तहमा वाणिज्य बैंकहरुको शाखा विस्तार हुन नसकेको देखिएको छ।
चालु आवको ७ औं महिना अर्थात माघमा नै ७४६ स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुगेकोमा १० औं महिना अर्थात बैशाख मसान्तसम्ममा पनि ७४६ स्थानमा मात्रै पहुँच कायम छ।
केन्द्रीय बैंकको अनुसार सुदूरपश्चिम र वाग्मती प्रदेशको दुई।दुई स्थान, तथा गण्डकी, कर्णाली र प्रदेश नम्बर १ को एक।एक स्थानीय तहमा वाणिज्य बैंकको शाखा सञ्जाल विस्तार हुन बाँकी रहेको हो। प्रदेश नम्बर २ (१३६ स्थानीय तह) र ५ को सबै (१०९) स्थानीय तहमा वाणिज्य बैंकको शाखा विस्तार भैसकेका छन् ।
केन्द्रीय बैंकका अनुसार बैशाख मसान्तसम्ममा वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी, र लघुवित्तको गरि कूल १६३ वटा संस्थाले ९ हजार ६९५ वटा शाखा मार्फत बैंकिङ्ग सेवा प्रवाह भएको छ। २०७६ असार मसान्तमा १७१ संस्थाको ८ हजार ८८६ वटा शाखा विस्तार भएको थियो।
बैशाखसम्म २७ वटा वाणिज्य बैंकको कूल शाखा संख्या ४ हजार २१९ वटा, २३ विकास बैंकको शाखा संख्या १ हजार २१६ वटा, २२ वित्त कम्पनीको २३९ वटा, ९० वटा लघुवित्त संस्थाले ४ हजार २१ वटा शाखा सञ्जाल विस्तार गरेका छन्।










प्रतिक्रिया