इन्भेष्टमेन्ट बैंकले डेढ वर्षपछि इटालीको बैंकबाट फिर्ता पायो एक अर्ब २० करोड

0
Shares

नेपाल इन्भेष्टमेन्ट बैंकले काउण्टर ग्यारेण्टी (धितो जमानी) बसेबापतको एक चरणको रकम फिर्ता भएको छ । बैंकले एक साता अघि इटालीको उच्च अदालतमा क्षतिपूर्ति पाउनेगरी मुद्धा जितेको थियो ।

इटालीको इन्सेटा सानपाउलो बैंकले मंगलबार बैंकलाई ८७ लाख ४९ हजार यूरो अर्थात  एक अर्ब २०  करोड रुपैयाँ पठाएको र बाँकी ८५ करोड रुपैयाँ (६१ लाख ८७ हजार यूरो) रकम साँझसम्म आईपुग्ने नेपाल इन्भेष्टमेन्ट बैंक स्रोतले बतायो ।

बैंकलाई इन्सेटा सानपाउलो बैंकबाट काउण्टर ग्योण्टी बापत यूरोमा सम्झौता भएको रकम प्राप्त भैसकेको र नेपाली रुपैयाँमा सम्झौता भएको रकम यूरोमा रुपान्तरण गरेर पठाउनुपर्ने भएकाले (८५ करोड रुपैयाँ बराबरको) सो रकम भने साँझसम्म प्राप्त हुने बताइएको छ।

अदालतले गरेको २० देखि ३० हजार यूरो क्षतिपूर्तिको रकम भने सीएमसी रेभिनासंग दाबी गर्ने बैंकको तयारी छ।

तनहुँ जलबिद्युत आयोजनाको ठेक्का सम्झौतामा सीएमसी रेभिनाका लागि इटालीको इन्सेटा सानपाउलो बैंकको तर्फबाट काउण्टर ग्यारेण्टी जारी गर्दा नेपाल इन्भेष्टमेन्ट बैंकको एक अर्ब ९७ करोड रुपैयाँ १६ महिनादेखि फसेको थियो ।

तनुहँ हाइड्रोपावरको ठेक्का पाएको इटालियन निर्माण कम्पनी कोअपरेटिभा मुराटोरी ए सेमेन्टिस्टी (सिएमसी) को पर्फमेन्स ग्यारेन्टीवापतको पैसा बैंकले फिर्ता पाएको थियो । गत साता मात्र त्यससम्बन्धि मुद्दाको इटालीको अदालतमा फैसला भएको थियो । जून मुद्दा इन्भेष्टमेन्ट बैंकले जितेको थियो। इटालीको इन्टेसा सानपाओलो बैंकले नेपाल इन्भेष्टमेन्ट बैंकलाई काउन्टर ग्यारेन्टी दिएकोमा मुद्दा फैसलापछि सोही बैंकले पैसा फिर्ता दिएको हो।

तनहुँ हाइड्रोपावरको ठेक्का पाएको सिएमसीका तर्फबाट ग्यारेन्टी बसेको इटालीको इन्टेसा सानपाओलो बैंकले नेपाल इन्भेष्टमेन्ट बैंकलाई काउन्टर ग्यारेन्टी दिएकोमा मुद्दा परेपछि ग्यारेन्टी फिर्ता हुन सकेको थिएन।

इटालीको बैंकको तर्फबाट इन्भेष्टमेन्ट बैंकले ८५ करोड १४ लाख १६ हजार १२७ नेपाली रुपैयाँ र ८७ लाख ४९ हजार २ सय ४९ युरोको काउन्टर ग्यारेन्टी राखेको थियो । मुद्दा जितेलगत्तै बैंकले पैसा फिर्ताका लागि पहल गरेको थियो।

नेपालमा मेलम्ची खानेपानी आयोजनासमेत बनाइरहेको सिएमसीले असोज २०७५ मा तनहुँ हाइड्रोपावरको समेत ठेक्का पाएको थियो । सो ठेक्कामा इटालीको बैंकको तर्फबाट इन्भेष्टमेन्ट बैंक सोही वेला काउन्टर ग्यारेन्टी बसेको थियो । तर, मेलम्चीको काम छोडेर सिएमसी भागेपछि फागुन २०७५ मा तनहुँले समेत ठेक्का तोडेको थियो ।

ठेक्का तोडिएपछि तनहुँ हाइड्रोको ग्यारेन्टीबापतको रकम इन्भेष्टमेन्ट बैंकसँग तानेको थियो । सोहीबमोजिम इटालियन बैंकका तर्फबाट इन्भेष्टमेन्टले सो रकम तनहुँ हाइड्रोपावरलाई भुक्तानी गरिदिएको थियो ।