सेयर बजार परिसुचकमा दोहोरो अंकको सुधार कारोबार रकममा भने गिरावट


काठमाडौँ । सेयर बजार परिसुचकमा दोहारो अंकको सुधार आएको छ । बिहीबार नेप्से ११.७७ अंकले बढेर २६२९.८१ विन्दुमा पुगेको हो ।

आज कारोबारमा आएका ३५६ कम्पनीका १ करोड ७२ लाख ७० हजार ४४९ कित्ता सेयरहरू ५१ हजार ७१६ पटक किनबेच हुँदा ५ अर्ब ४४ करोड ७३ लाख १३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

बुधबार नेप्से ३६.२५ अंकले घटेर २६१८.०३ विन्दुमा पुग्दा कारोबार रकम ६ अर्ब १६ करोड ५५ लाख पुगेको थियो ।

बिहीबार निर्जीवन बीमा समूह ३२.१९ अंकले घट्दा अरु सबै उपसुचकमा सुधार आएको छ ।

नेपाल लुभ ओइलको सेयर मूल्य १२.४७ प्रतिशतले बढेको बजारमा सोनापुर मिनिरल्सको सेयर मूल्य ७.६५ प्रतिशत, कुमारी सबल योजनाको सेयर मूल्य ७.५६ प्रतिशत, घोराही सिमेन्टको सेयर मूल्य ७.०७ प्रतिशत र सिवाईसी नेपाल लघुवित्तको सेयर मूल्य ६.४७ प्रतिशतले बढेको छ ।

यता, मिडसोलु हाइड्रोपावरको सेयर मूल्य ११.५८ प्रतिशतले घट्दा धौलागिरी लघुवित्तको सेयर मूल्य १०.१९ प्रतिशतले घटेको छ ।

कारोबार रकमको आधारमा शिभम् सिमेन्ट ३५ करोड ८१ लाख ९ हजार रुपैयाँ बराबरको कारोबार सहित शीर्षस्थानमा रहेको बजारमा कारोबार संख्याको आधारमा सोनापुर मिनिरल्स १ हजार ८०४ पटकको कारोबार सहित अग्रस्थानमा रहेको छ ।

प्रकाशित मिति: ८ आश्विन २०८३, बिहिबार  १५ : ३३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।