बढी भाडा लिने ट्राभल एजेन्सीको लाइसेन्स खारेज गरिने, बन्दाबन्दीमा १०८ उडान

0
Shares

बन्दाबन्दीमा १०८ उडान: फर्किए ११ हजार ७०२ यात्रु

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले बन्दाबन्दीको अवधिमा मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १०८ अन्तराष्ट्रिय उडान भएका बताएका छन् ।

राष्ट्रिय सभाको आजको वैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत पर्यटन मन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिदैँ पर्यटनमन्त्री भट्टराईले बन्दाबन्दीको झण्डै तीन महिनाको अवधिमा १०८ उडान भएको र यीमध्ये ६६ यात्रु चार्टर्ड उडान र ४२ गार्को उडान ४२ रहेको जानकारी दिए ।

यी उडानबाट ११ हजार ८८५ यात्रु आवत जावत गरेका छन् । सबैभन्दा बढी ११ हजार ७०२ स्वदेशी तथा विदेशी बन्दाबन्दीको अवधिमा अन्तराष्ट्रिय विमानस्थल हुदैँ बाहिरिएका छन् । जेठ २ गतेसम्मको विवरण अनुसार विभिन्न मुलुकबाट ६४९ नेपाली स्वदेश फर्केका छन् । यो अवधिमा २५ वटा वायु सेवा कम्पनीले ५४ उडान गरेका छन् । बाँकी नेपालका चार वायु सेवा कम्पनीले उडान गरेको मन्त्री भट्टराईले बताए। नेपालबाट तीन नेपालीसहित ३० वायु सेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान गर्दै आएका छन् ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण नियन्त्रण गर्न सरकारले चैत ११ देखि देशभर बन्दाबन्दी लागु गरेको थियो । चैत १० देखि नेपालमा उडान भनै अन्तराष्ट्रि वायु सेवाको उडान स्थगन गरिएको थियो । आन्तरिक उडान पनि स्थगित भएको थियो । पछिल्लो पटक असार २१ सम्म व्यवसायिक उडान प्रतिवन्ध गरिएको छ ।

बढी भाडा लिने ट्राभल एजेन्सीको लाइसेन्स खारेज

विदेशबाट फर्कने नेपालीको सन्दर्भमा उठेका जिज्ञासाको जवाफ दिदैँ पर्यटनमन्त्री भट्टरमईले विदेशबाट नेपाली ल्याउन कम भन्दा कम भाडादर कायम गरी चार्टर्ड उडानको व्यवस्था मिलाइएको जानकारी दिए ।

जेठ १२ गतेको मन्त्रिपरिषद्को वैठकले विदेशबाट आउने नेपाली ल्याउने सम्बन्धमा कार्यविधि पास गर्दै त्यसरी ल्याइनेको प्राथमिकताका विषयसमेत किटान गरेको थियो । विभिन्न मुलुकमा अलपत्र परेका कस्ता नेपालीलाई पहिलो प्राथमिकता दिने भनी तोकिएको छ । सोही आधारमा सम्बन्धित मुलुकमा रहेको दूतावास र कूटनीतिक नियोगले यात्रुको नामावली तयार गरी नेपालको परराष्ट्र मन्त्रालयमा पठाउने र मन्त्रालयले आवश्यक छानविन गरी स्वीकृत दिनेछ ।

कुनैपनि कम्पनीले काम गरिरहेका श्रमिकलाई निःशूल्क काठमाडौँ उतार्न सक्ने । कतिपय कम्पनी र देशले पनि नल्याउने नेपालीलाई उनीहरुको आर्थिक अवस्था कमजोर भएको खण्डमा सरकारले उद्धार उडान गरी ल्याइदिनसक्ने व्यवस्था छ । खर्च जुटाउन सक्नेले सरकारले तोकेको सस्तो हवाई भाडादरमा टिकट काटेर आउनसकिने पनि कार्यविधिमा उल्लेख छ।

मन्त्री भट्टराईले असहज अवस्थामा वदेशबाट आउने र नेपालबाट जानेयात्रुलाई कष्ट भएकाले सरकारले सहजिकरणको भूमिका खेलिरहेको बताए । उनले श्रम सम्झौता अनुरुप सम्बन्धित मुलुकले सकुशल मानवीय व्यवहार गर्ने सम्बन्धित देशको दायित्व भएपनि यस विषयमा कसैको ध्यान जान नसकेको बताए । पर्यटनमन्त्री भट्टराईले भन्नुभयो,“यो विषय संसदमा उड्नुपर्ने होइनर कसैले कुरा उठाएको छैन । हाम्रो संसदले यो कुरा उठाउनुपर्छ त्यसो भए उनीहरुलाई दबाब पुग्छ ।”

कतिपय देशले आफ्ना नागरिक नेपालबाट लगेको र त्यसमा यात्रुले महङ्गो भाडा तिर्न बाध्य भएको अवस्थामा सरकारले सस्तो भाडादर कायम गरेको उनले बताए । विदेशी वायु कम्पनीले अमेरिका जादा करिब ३०० हजार डलर, क्यानाडाको तीन हजार २००, जापान एक हजार ५०० डलरसम्म जहाजको भाडा लिएको दृष्टान्त प्रस्तुत गर्दै पर्यटनमन्त्री भट्टराईले तीनै मुलुकमा उडानका लागि सरकारले कम भाडा तोकेको बताए । 

पर्यटनमन्त्री भट्टराईले चार्टड उडानमा ट्राभल एजेन्सिले अनियन्त्रित ढंगले भाडा उठाएको प्रमाणित भए लाइसेन्स खारेज गरिने बताए । “केही ट्राभल एजेन्सीले बडी भाडा उठाएर यात्रु लगेको भन्ने गुनासो आएको छ । सरकारको निर्णय विपरित यदि कसैले त्यस्तो गल्ती गरेको सप्रमाण फेला परे उनीहरुको लाइसेन्स खारेज गरिन्छ”, उनले भने ।

सञ्चालन खर्च उठ्ने गरी मात्रै नेपाल एयरलाइन्सको हवाई भाडा निर्धारण

मङ्गलबार मात्रै कोरियन एयरलाइन्सले एक हजार डलरमा उडानका लागि प्रस्ताव गरेकामा मन्त्रालयले भाडा घटान आग्रह गरेपछि ६२५ डलर प्रस्ताव गरेको र यसमा पनि ६०० डलरमा उडान गर्न आग्रह गरिएको मन्त्री र्भट्टराईले जानकारी दिए । गत सोमबार एयर अरेबियाले ५०० डलरमा उडान गर्ने प्रस्ताव गरेकोमा पर्यटनमन्त्री भट्टराईले उक्त प्रस्ताव अस्वीकार गर्दै नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को भन्दा कम मुल्यमा उडान गर्न आग्रह गरेका थिए ।

मन्त्री भट्टराईले विस्तारै खुट्टा टेकिरहेको निगममाथि सबै किन आखा लगाइन्छ भन्दै निगमको अवस्थालाई बुझिदिन पनि आग्रह गरे । निगमले युएईबाट नेपाल ल्याउने यात्रुका लागि ३६० डलर भाडादर निर्धारण गरेको छ । बंगलादेशको १६५, कतारको ३६५ डलर कायम गरेको छ ।

सकेसम्म सञ्चालन खर्च उठ्ने गरी मात्रै हवाई भाडा निर्धारण गरिएको र नेपाली वायु सेवा कम्पनीलाई फाइदा होस भनेर यस्तो निर्णय गरिएको मन्त्री भट्टराईले बताए । उनले वैदेशिक रोजगार कल्याणकारी कोषमा खासगरी खाडी र मलेसियामा जाने श्रमिकको निश्चित रकम जम्मा भएकाले उक्त कोषको रकम पनि श्रमिकका लागि खर्चिनुपर्नेमा जोड दिए । उनले भने “हामी एयरलाइन्सबाट पनि १०० डलरसम्म भाडा घटाउछौँ, र कोषबाट पनि योगदान दिन श्रम मन्त्रालयको ध्यानाकर्षण गराइएको छ । जसले श्रमिकको हित हुनछ । अफ्ठयारो अवस्थामा नागरिकलाई आर्थिक भार बोकाउनु हुन्न ।”

पर्यटनमन्त्री भट्टराईले भूकम्पबाट क्षति भएका करिव ९०० सम्पदा मध्ये ४५० बढी सम्पदाको पुर्ननिमार्ण भएको र आगामी दुई वर्ष भित्र सबै सम्पदाको निमार्ण सम्पन्न गर्ने गरी बजेट व्यवस्था गरिएको जानकारी दिए ।